‘जनता जागरुक बनाउन स्वाभिमान यात्रा’: अध्यक्ष थापा



पोखरा

 

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले आम जनतालाई जागरुक बनाउन र सरकारमाथि दबाब सिर्जना गराउने उद्देश्यले ‘राष्ट्रिय स्वाभिमान यात्रा’ शुरु गरिएको बताउनुभएको छ ।

मिडिया नेपाल र राप्रपा कास्कीद्वारा संयुक्तरुपमा आज आयोजित कार्यक्रममा उहाँले यात्राको दोस्रो चरणअन्तर्गत भोलि मुस्ताङबाट शुरु भई म्याग्दी, पर्वत, कास्की, तनहुँ, लमजुङ हुँदै गोरखा पुगेर यही जेठ २७ गते सम्पन्न हुने जानकारी गराउनुभयो । राष्ट्रिय आगामी आर्थिक वर्षको बजेट केही सकारात्मक र केही नकारात्मक रहेको प्रसङ्ग उल्लेख गर्दै उहाँले दीर्घकालीन रूपमा बेरोजगारी समस्या समाधानका लागि देशभित्रै पर्याप्त रोजगारको व्यवस्था हुनेपर्नेमा जोड दिनुभयो । उहाँले शान्ति प्रक्रिया टुङगिएका बेला विप्लवको विद्रोह मुलुकको चूनौतीका रुपमा देखिएको उल्लेख गर्नुभयो । अध्यक्ष थापाले सत्ता केन्द्रितभन्दा बढी नीति केन्द्रित भएर राजनीतिक गर्ने र समान विचार भएका दलहरुसँग एकताका लागि प्रयास जारी राख्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja