असहिष्णुता, असुरक्षित र अराजकातिर बढिरहेको नेपाली समाजलाई रोक्नु आजको आवश्यकता:कल्याण कुमार गुरुङ



पोखरा

नेपाली समाजको चरित्र राजनीतिक, सामाजिक, आर्थिक सांस्कृतिक आयामबाट हेर्दा ब्यवहारिकरुपमा सामन्तवादी स्वभावको जातिवादको कालो बादलले घेरिएको रुढीवादी संस्कृतिलाई महत्व दिएर सामन्तवादको कहालीलाग्दो गुफामा रमाउने मानसिकता बोकेको यो समाजलेपूँजीलाई हेर्ने प्रारम्भिक दृष्टिकोणमा नैशोषणको नकारात्मक स्वरुपको गलत बिम्ब सिर्जना गर्यो लोकतान्त्रिक औद्योगिक क्रान्ति वा पूँजीको गतिशील वेगको पदचिन्हलाई समात्ने जिज्ञासा वा जाँगर वा लगनशीलता यो समाजको आँखामा देखिएन

नेपाली समाज आर्थिक अभाव असमानताको मात्र शिकार भएको छैन, यसमा राजनीतिक असमानता, शैक्षिक विषमता, जातीय विभेद, क्षेत्रिय अतिवाद, लैङ्गिक असमानता रुढीवादी संस्कृतिको डढेलोले असन्तुष्टिको आगो पनि सल्काएको मानिसको मन भित्र लुकेर बसेको असमानता, विभेद, विषमता असंतुष्टिको आगोले सामाजिक सदभाव धार्मिक सहिष्णुतालाई पनि अन्धकारमय अराजकताको बाटो तर्फ डोर्याउन सक्ने गम्भिर खतराको सम्भावनाको संकेत तर्फ सदैव सतर्क सजग रहनु पर्ने आबश्यकता देखिन्छ

राजनीतिक दृष्टिकोणमा अतिवादको ध्रुवबाट कुनै पनि मुद्दा वा कार्यको विश्लेषण वा संश्लेषण गर्ने परिपाटी राजनीतिक चेतनाको सुक्ष्म स्वरुप हुन सक्दछ तर सो पाखोबारी समग्र राजनीतिक चेतना हुन सक्दैन सन्तुलित समग्र समालोचनात्मक विवेचनाले राजनीतिक चेतनाको प्रभा समाजको मनोविज्ञानमा अंकुरित गर्न सक्दछ बोली ब्यवहारमा सदैव हुने भिन्नता परिवर्तनले विश्वासको खडेरी देखिएको

समाजमा राजनीतिकर्मीहरु नैतिकवान हुनु पर्दछ नैतिक मूल्य मान्यताको ऊर्जाले नै समाजलाई चेतनशील, चिन्तनशील गतिशील तुल्याउन सक्दछ आफ्नो सीमित फाईदाको लागि जब राजनीतिक दल वा राजनीतिकर्मीले अतिवादी विचारलाई अंगालो हाल्न पुग्छ, असहिष्णु बन्दछ संयमता गुमाउछ, त्यही विन्दुबाट अन्धकारमय अनिश्चित अराजकताको लागि ढोका खुल्ला हुन्छ समाजमा अराजकताको ढोका खुल्न गाहृो हुन्छ एक पटक खुली सकेको अराजकताको ढोकालाई सधैंको लागि बन्द गर्नु सबैभन्दा बढी कठिन चुनौतिपुर्ण हुन्छ यसको मुल्य नेपाली समाजले चुकाउन सक्दैन

जब राजनीतिकर्मीहरुले सिद्धान्त, विचार, नैतिकता विवेक बन्दकी राखेर पैसाको मोह लोभ गर्न थाल्छन्, तब कालो धन भएका भ्रष्टाचारी मानिसहरुको समाजको सबै क्षेत्रमा बिगबिगी प्रभाव बढदै जान्छ उनीहरुको सीमित घेरामा मात्र बस्नु पर्ने बिस्तारै पैसावालहरुको ईसारामा नाच्नु पर्ने बाध्यता राजनीतिकर्मीहरुको साथै उनीहरुका सल्लाहकार स्वकीय सचिवहरुमा पनि आउँछ

पैसाको बलमा कर्मचारीहरुको सरुवा, बढुवा नियुक्तिहरु हुन थाल्छन् पैसाको बलमा राजनीतिक दलमा नियुक्तिहरु हुन थाल्छन् पैसाको बलमा राजनीतिक दलको उम्मेदबारहरु चयन हुन थाल्छन् पैसाको बलमा सांसद, मन्त्री राजनीतिक नियुक्तिहरु हुन थाल्छन् राज्यका धेरैजसो अंग क्षेत्रमा पैसाको बोलबाला हुन थाल्छ यस्तो अबस्था उत्पन्न भएमा समाज सम्हाल्नै नसक्ने गरी भद्रगोल अराजक हुन्छ

पैसावालहरु उनीहरुको आफ्नो स्वार्थको मात्र हुन्छन्, त्यस बाहेक अन्य कसैको पनि हँुदैनन् यिनीहरुको कुनै निश्चित सिद्धान्त, विचार, विवेक नैतिकता पनि हुदैन आज एकातिर छन्, भोली अर्कै तिर हुन्छन् के आज नेपाल यही मोडमा उभिएको छैन ? एक पटक पुर्बाग्रहरहीत निष्पक्ष समीक्षा गर्ने कि ?

राज्यको नीति निर्माण गर्ने तहमा पैसाको बोलबाला हुन थाल्यो भने आम मानिसको हक, हित अधिकारको रक्षाको लागि नीति नियमहरु बन्दैनन् आम नागरिकले मतदान गरेर चुनेका प्रतिनिधिहरुले पनि पैसावालहरुको स्वार्थ अनुकुलको काम गर्न सक्ने संभावना बढन सक्दछ राज्यमा बिधिको शासन हुदैन, पैसाको शासन हुन थाल्छ

राजनीतिक, सञ्चार, सुरक्षा, न्याय, शिक्षा, स्वास्थ्य नागरिक समाजका प्रतिष्ठित बिद्वान सम्मानित मानिसहरुको विवेक पनि जब सीमित स्वार्थ पैसाको गुलामी हुन्छ, तब त्यस्ता मानिसहरुप्रति पनि समाजमा घृणा जाग्न थाल्छ चारैतिर अन्धाकारमय देखिन थाल्छ जंगली राज्यको अनुभूति हुन थाल्छ आम मानिसले को सँग अपेक्षा भरोसा गर्ने ? आम मानिसले को सँग आशा गुनासो गर्ने ? आम मानिसमा ब्यापक असंतुष्टि सिर्जना हुन्छ मानिस अन्धकारमय अराजकताको अनिश्चित यात्री हुन सक्दछन्

आर्थिक असमानता ब्यापक सामाजिकरुपमा गरीब मानिसहरुलाई आफ्नो स्वाभिमान अधिकारको तिलाञ्जली दिन विवस पारिन्छ गरीब गाउलेहरुको रगत, पसिना आँशुले लेखिएको चक्रवर्ती ब्याजको तमसुकमा उभिएको केही साहुहरुको मुठ्ठीमा गाउँको कालो अर्थतन्त्र चलिरहेको

साहुले पाँच सय ऋण लिंदा पाँच लाखको तमसुक गराउछ, त्यसो नगरे भनेको बेला ऋण पाईन्न बिरामीको उपचार गराउन पैसा हुँदैन, ऋण लिनु पर्छ बच्चालाई पढाउन पैसा हुँदैन, ऋण लिनु पर्छ खेती गर्दा बीऊ, मलखाद कीटनाशक औषधी किन्न पैसा हुँदैन, ऋण लिनु पर्छ बाध्य भएर बैदेशिक रोजगारीमा जान पैसा हुँदैन, ऋण लिनु पर्छ त्यो पनि मनपर्दो तोकिएको चक्रवर्ती ब्याजमा पाँच सयको ऋण लिंदा गराईएको पाँच लाखको तमसुकको ब्याज तिर्दातिर्दै मात्र जीवन बित्छ ऋणको साँवा ब्याज तिर्दा तिर्दा घर खेत बेच्नु पर्छ तैपनि साहुको ऋण तिरेर सकिन्दैन गरीब गाउलेको दुःखदायी आशुले भिजेको धर्तीमा निरिह राज्य राज्यको कानून टुलुटुलु हेरेर बसेको

राज्यको संयन्त्रहरुमा तिनै साहुहरुको पकड तिनै साहुको कागज वा तमसुक कानूनको नजरमा बलियो ऋण दिनेहरु धनी छन् ऋण लिनेहरु गरीब छन् गरीबहरुको पीडादायी आवाज साहु महाजनहरुको धनको पर्खालले छेकेर राज्यको कानसम्म पुग्न पाउदैन गरीबहरुको धेरै ठुलो पहुँच पनि हुँदैन गरीबहरुले न्याय माग्न काहाँ जाने ? गरीबहरुले न्याय कहिले कसरी पाउने ? पैसाबालको मात्र होईन, गरीबको पनि जिन्दगी हुन्छ उनीहरुलाई पनि सम्मानपूर्वक न्यायपुर्ण जिवन बाँच्न पाउने हक तर, खै काहा , त्यो हक ? यिनै कारणले समाजमा मार्मिक असन्तुष्टिको बिजारोपण हुन थाल्छ

किसानहरुले खेती गर्छन सिंचाई छैन आकाशे पानीको भरमा खेती हुन्छ कहिले खडेरी पर्छ कहिले अतिवृष्टि हुन्छ किसानले आशा गरेको जस्तो तथा लगानी गरे जति पनि उत्पादन हुँदैन भएको उत्पादनको पनि बजार छैन उत्पादनको बिक्रि भए पनि बिचौलियाको बोलबालाले सस्तोमा कृषि उत्पादन बेच्नु पर्ने किसानको बाध्यता

तराईमा ऊखु किसानहरुले समयमा ऊखुको भुक्तानी पाउँदैनन् दिनदिनै किसानहरु गरीब हुँदैछन्, ऋणमा डुब्दैछन् कसैको चासो छैन बजेटमा किसानको नाममा छुट्टयाईएको रकम केही भ्रष्ट राजनीतिकर्मी, कर्मचारी ठेकेदारको मिलोमतोमा सकिन्छ कागजमा किसानको नाम हुन्छ, तर केही भ्रष्ट राजनीतिकर्मी, कर्मचारी ठेकेदारको खल्तीमा किसानको नाममा विनियोजन भएको बजेट पुग्छ किसानहरुले काहाँ गुनासो गर्ने हो ? किसानहरुको गुनासोको किन सुनवाइ हुँदैन असंतुष्टि यस्तैमा अराजकता यसरी नै शुरु हुन्छ

उपभोक्ता समितिको नाममा गाउँमा सडक बन्छ माटो एक लाखको भरिन्छ, बिल भर्पाई बीस लाखको बनाउछन् बीस लाख ल्याउछन भागबण्डा गरेर हाकाहाकी सो रकम खान्छन् कसले बोल्ने कागज मिलाए पुगि हाल्दो रहेछ स्थानीय तहमा निर्वाचित पदाधिकारी, कर्मचारी उपभोक्ता समितिका मानिसहरु मिलेर कागज मिलाए पछि जतिसुकै रकमको बिल भर्पाई बनाए पनि भुक्तानी गरे पनि हुने रहेछ अचम्म यो कानून मिलाएर गरिने गैरकानूनी कार्यको परम्परा पनि राज्य किन मौन ?

कानून कानून अनुसार कागज मिलाए पुगि हाल्छ कानून अनुसार कागज मिलाएर जतिसुकै अनियमितता भ्रष्टाचार गरे पनि हुने रहेछ अनियमिता भ्रष्टाचार हेर्ने निकायहरु नै मोटाएका छन् गलत भएको कसले हेर्ने ? समाजले जति उजुरी गरे पनि केहि लाग्दैन असंतुष्टि यहि यसले अन्धकारमय अराजकताको उर्बर भूमि तयार गर्छ

सार्बजनिक तथा सरकारी जमिन सम्पत्तिहरुको प्रशस्त हिनामिना भई रहेको सार्बजनिक, सरकारी ऐलानी जमिनहरु नीजि ब्यक्तिको नाममा ल्याउन बेचबिखन गर्न होडबाजी चलिरहेको देखिन्छ जंगलको काठ खोलाको ढुङ्गा, गिट्टी तथा बालुवाको तीब्र दोहन भई रहेको देशमा आर्थिक बेरुजु बढेर खर्ब ९० अर्ब भन्दा बढी भई सक्यो सरकारी बनको बिनाश तीब्रतर रुपमा भई रहेको

बेराजगारी बढेको बढ्यै सामुदायिक बन मासेर केही ब्यक्तिहरु दिन दिनै धनी भई रहेका छन् खाद्य पदार्थ औषधीमा अत्यधिक हानीकारक मिसावट भई रहेको राज्यसँग कानून तर त्यसको कार्यान्वयन हुँदैन भ्रष्टाचार हरेक क्षेत्रको प्रत्येक तहमा मौलाएको मौलाएकै कुनैपनि एउटा यस्तो क्षेत्र छैन, जसमा आशा भरोसा गर्न सकियोस्

चुनावको बेला राजनीतिक दलले गर्ने आन्दोलनको बेला राजनीतिक दलका नेता कार्यकर्ताहरुले जे पनि बोलि दिन्छन् उनको अतिवादी बोली, बचन ब्यवहारले समाजमा सामाजिक सद्भाव धार्मिक सहिष्णुतालाई जरै देखि हल्लाई रहेको हुन्छ राजनीतिक दलका नेताहरुले उनीहरुको सीमित स्वार्थको लागि बोलिएको राजनीतिक अतिवादी, जातिय अतिवादी धार्मिक अतिवादी गैर जिम्मेवारपुर्ण बोली, विचार ब्यवहारहरुले भविष्यमा द्वन्द्व बढने सम्भावना रहन सक्दछ

लोकतन्त्रमा राजनीतिक दलहरु नागरिक समाज नै सत्ता पक्ष प्रतिपक्ष हुने भएकोले दलका नेताहरु अन्य सामाजिक समुहहरु भन्दा बढी जिम्मेबार कर्तव्यनिष्ट हुनु पर्दछ समाजलाई सुन्दर न्यायमुलक भविष्यको बाटो देखाउने अगुवाको रुपमा दलका नेता कार्यकर्ताहरु अग्रपंक्तिमा रहनु पर्दछ राजनीति गर्ने ब्यक्ति राज्य सत्तामा हुने भएकोले राज्य सत्ताले कर्मचारी, ब्यापारी पैसाबालहरुलाई नियन्त्रित निर्देशित गर्नु पर्दछ तर त्यसो हुन सकेको छैन राज्यको शासन प्रशासनको सञ्चालन जनताबाट निर्वाचित राजनीतिक ब्यक्तिहरुले भन्दा बढी कर्मचारीहरुले गरिरहेका छन् भन्ने गुनासो ब्यापक रहेको

बदनियत बोकेका केही अन्र्तराष्ट्रिय राष्ट्रिय गैहृ सरकारी संस्थाहरु तथा भ्रष्ट केही कर्मचारी, ब्यापारी पैसाबालाहरुको निर्देशन नियन्त्रणमा केही भ्रष्ट राजनीतिकर्मी, लोभी केही संचारकर्मी, विवेकहीन नागरिक समाजका केही ब्यक्ति नैतिकताबिहिन केही कर्मचारीहरु रहेकोले समाजमा यसको गंभिर नकारात्मक असर परिरहेको

गरीबी, आर्थिक असमानता, जातीय विभेद, लैङ्गिक असमानता, शैक्षिक विषमता, पर्याबरणको क्षयीकरण बेरोजगारीको चरम समस्याको भुङग्रोमा सल्किएको नेपाली समाजको बहुपक्षीय क्षितिज समानता, खुशी समृद्धिको कोरा नाराले मात्रै शान्त पार्न सक्दैन प्रत्येक मानिसमा न्याय, विवेकपूर्ण निर्णय, सुरक्षा आत्म सम्मानको गंभिर अनुभूति राज्यले दिलाउन सक्नु पर्दछ भ्रष्ट राजनीतिकर्मी, नैतिकताबिहिन कर्मचारी, कर नतिर्ने ब्यापारी, गरीब जनतालाई ठग्ने चर्को ब्याजमा लुटने साहु महाजनको साथै कालो धन भएका पैसाबालाहरुलाई राज्यले दण्डित गर्छ भन्ने विश्वास राज्यले समाजमा स्थापित गराउन सक्नु पर्दछ

संबिधान कानूनमा सामन्तवादको गन्ध नभेटिए पनि, राजनीतिक दलहरुको विधान, नीति तथा कार्यक्रमहरुमा सामन्तवादको झिल्को नदेखिए पनि, शिक्षक कर्मचारीहरुले जाँच दिने सेवा आयोगहरुको प्रश्नपत्रमा सामन्तवादको प्रश्नहरु नभेटिए पनि निर्वाचित तथा मनोनित वैधानिक अधिकार प्राप्त जनप्रतिनिधि राष्ट्र सेवकहरुले लिने सपथ पत्रमा सामन्तवादको गाथाहरु नलेखिएको भए पनि, नेपाली समाजमा आज पनि अधिकांश स्वरुपको राजनीतिक, सामाजिक, आर्थिक, प्रशासनिक सांस्कृतिक क्षेत्रहरुको बोली, बचन, व्यवहार कार्यशैलीमा सामन्तवादको प्रशस्त झझल्को नेपाली जताततै देख्न भोग्न पाईन्छ

यदि राजनीतिक क्षेत्र, नागरिक समाज, न्याय क्षेत्र, सञ्चार जगत सुरक्षा निकायहरुमा सामान्तवादी सोंच, बोली ब्यवहार हावी हुन थाल्यो साथै विवेक, न्याय, समाजिक सदभाव, निष्पक्षता, धार्मिक सहिष्णुता, निर्भयपना हराएर केही सीमित भ्रष्ट राजनीतिकर्मी, पैसाबाला, पहुँचवाला तथा नातावाद, फरियावाद, प्रचारवाद, कृपावाद सामन्तवादको अवशेषहरुको मात्र नियन्त्रण, निर्देशन प्रभावमा राज्य सञ्चालित हुन थाल्यो भने समाजमा घोर निराशा पैदा हुन थाल्छ

निराश, उदास, गरीबी, असमानता, अन्याय, विभेद, उपेक्षा, विषमताबाट थलिएको तथा असुरक्षित अनिश्चित भविष्यको नारकीय भूकम्पले पिल्सिएको समाज असुरक्षित अन्धकारमय अराजकताको पथमा अनिश्चित अनियन्त्रित गोरेटो तर्फ अगाडि बढन सक्ने सम्भावना सदैव रहिरहन सक्दछ

राज्यले सबैको विश्वास आर्जन गर्ने कार्य गरेर विधिको शासन स्थापित गरेर असुरक्षित अन्धकारमय अनिश्चित अराजकताको पथमा समाजलाई जानबाट जसरीभए पनि रोक्नु पर्छ सामाजिक अराजकताको भूकम्पले कहाँ कस्तो दर्दनाक भयङकर क्षति गर्न सक्दछ, अनुमान लगाउन गाहृो हुन्छ समाजमा सबैले सदैव राजनीतिक सद्भाव, सामाजिक सद्भाव धार्मिक सहिष्णुता कायम राख्नु पर्दछ सकारात्मक परिवर्तन अहिंसा, सहिष्णुता सदभावको मार्गबाट मात्रै संभव हुन सक्दछ

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सञ्चालक: आशिष भट्टराई

सम्पादक/सञ्चालक: पुनम भट्ट भट्टराई

रिपोर्टर: आशिष रानाभाट

रिपोर्टर: सामुयल श्रेष्ठ

सामाजिक संजाल


©2019 Pokharaaaja