नेपाल एकीकरणको क्रममा प्रयोग भएका ऐतिहासिक गढी र किल्लालाई पर्यटकीय गन्तव्य बनाइने



पोखरा

सरकारले नेपाल एकीकरणको क्रममा प्रयोग भएका ऐतिहासिक गढी तथा किल्लालाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने लक्ष्य राखेको छ ।

सङ्घीय संसद्को आजको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा युवराज खतिवडाले ऐतिहासिक गढी तथा किल्लालाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने नीति लिइएको जानकारी दिनुभयो । उहाँले त्यस्ता गढी र किल्लालाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्दा त्यसले दिगो पर्यटन विकास हुने उल्लेख गर्नुभयो । यस्तै ‘माइस’ पर्यटनलाई विस्तार गर्न प्रमुख पर्यटकीय गन्तव्यमा सभाहल तथा अन्य भौतिक पूर्वाधारको विकासलाई जोड दिने सरकारको लक्ष्य रहेको छ ।

यस्तै हिमालयन हरित पदमार्गलाई अगाडि बढाउने लक्ष्य राखिएको छ भने रारा क्षेत्रलाई विशेष पर्यटन क्षेत्रको रुपमा विकास गर्ने राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja