उपरथी सिग्देलबारे छानबिनका लागि अख्तियारको निर्देशन…



नेपाली सेनाको रथी बढुवाका लागि सिफारिस भएका उपरथीको जन्ममिति विवादबारे अख्तियारले चासो लिएको छ । रथी बढुवाका लागि जंगीअड्डाले रक्षा मन्त्रालयमा सिफारिस गरेका उपरथी अशोकराज सिग्देलको जन्म मितिको विवादबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोजमा उजुरी परेपछि अख्तियारले छानबिनका लागि निर्देशन दिएको हो।

उनलाई शुक्रबार जंगीअड्डाले विवादकै बीच रक्षा मन्त्रालयमा बढुवाका लागि सिफारिस सिफारिस गरेको थियो । तर अख्तियार स्रोतका अनुसार सिग्देलको जन्म मिति विवादबारे छानविन गर्न रक्षा मन्त्रालयलाई निर्देशन दिइएको हो ।

उनको नागरिकता र शैक्षिक प्रमाणपत्रमा दुईथरी जन्ममिति भेटिएको छ । शैक्षिक प्रमाणपत्रमा सिग्देलको वास्तविक जन्म मिति १९ चैत २०२१ रहेको छ । तर, नागरिकतामा १९ माघ २०२३ राखेका छन् २०३९ सालको एसएलसीको प्रमाणपत्र, २०४० सालमा सुपिङ क्याम्पसमा भर्ना हुँदाको अभिलेख र त्रिभुवन विश्वविद्यालयको अभिलेखमा उपरथी सिग्देलको जन्ममिति २०२१ चैत १९ गते रहेको उजुरीमा देखिन्छ । २०४० असोज ९ गते जिल्ला प्रशासन कार्यालय रुपन्देहीबाट लिएको नागरिकताको प्रमाणपत्रमा उमेर ‘१९ वर्ष’ र ढड्डामा ‘२०२१ साल’ उल्लेख छ ।

उपरथी सिग्देलले २०५८ जेठ ८ मा जाजरकोट जिल्लाबाट नागरिकताको प्रतिलिपि लिँदा कीर्ते गरेको स्रोतको दाबी छ। भावी प्रधानसेनापति बन्ने दौडधुपमा समेत रहेका सिग्देल आफैं समस्यामा फसेका छन् । यदि उनी बढुवा भएमा नौ महिनापछि सैनिक नेतृत्वमा चयन हुनेछ । हालका प्रधानसेनापति प्रभुराम शर्माले आगामी वर्ष २४ भदौमा अवकाश पाउँदैछन् ।

यसअघि बढुवा सिफारिस भएका उपरथी ताराध्वज पाण्डेले पनि जन्ममितिसम्बन्धी विवाद देखिएपछि राजीनामा दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja