उपरथी सिग्देलको जन्ममिति विवादमा छानबिन गर्न अख्तियारको निर्देशन…



४५औं प्रधानसेनापतिको रोलक्रममा रहेका सिग्देलले शैक्षिक योग्यता र नागरिकताका प्रमाणपत्रमा कीर्ते गरेर जन्ममिति सच्याएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ। प्रधानसेनापति प्रभुराम शर्माले रिक्त रथी दरबन्दीमा बढुवाका लागि वरिष्ठताका आधारमा उपरथी सिग्देललाई सिफारिश गरिसकेका छन्।

मंसीर ४ गते परेको उजुरीबारे छानबिन गरेर जानकारी गराउन अख्तियारले ७ गते रक्षा मन्त्रालयलाई निर्देशन दिएको अख्तियारका एक आयुक्तले हिमालखबरलाई बताएका छन्। नाम उल्लेख गर्न नचाहने ती आयुक्त भन्छन्, “अशोकजी विरुद्ध उजुरी परेपछि छानबिन गर्नू भनेर मंसीर ७ गते रक्षामा लेखी पठाएका छौं।”

वास्तविक जन्ममिति २०२१ साल चैत १९ गते भएका सिग्देलले शैक्षिक योग्यताको प्रमाणपत्र र नागरिकताको प्रमाणपत्रमा २०२३ माघ १९ गते बनाएको जंगी अड्डा स्रोतको दाबी छ।

२०३९ सालको एसएलसीको प्रमाणपत्र, २०४० सालमा सुपिङ क्याम्पसमा भर्ना हुँदाको अभिलेख र त्रिभुवन विश्वविद्यालयको अभिलेखमा उपरथी सिग्देलको जन्ममिति २०२१ चैत १९ गते रहेको उजुरीमा देखिन्छ। २०४० असोज ९ गते जिल्ला प्रशासन कार्यालय रुपन्देहीबाट लिएको नागरिकताको प्रमाणपत्रमा उमेर ‘१९ वर्ष’ र ढड्डामा ‘२०२१ सालु उल्लेख छ। उपरथी सिग्देलले २०५८ जेठ ८ मा जाजरकोट जिल्लाबाट नागरिकताको प्रतिलिपि लिंदा कीर्ते गरेको स्रोतको दाबी छ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja