चीनले नेपाललाई हस्तान्तरण गर्‍यो राहतका सामान ….



पोखरा । भूकम्पपीडितको राहतका लागि चीन सरकारले दिएको सहयोग सामग्रीसहित आज हस्तान्तरण भएको छ ।

चिनियाँ राजदूत छन सोङले आज पोखरा विमानस्थलमा उक्त राहत समान उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई हस्तान्तरण गरेका हुन् । चीन सरकारबाट उच्च क्वालिटीको सामान हस्तान्तरण भएको गृहमन्त्री नारायणकाजी श्रेष्ठले जानकारी दिए । सो क्रममा चीनले नेपाली २८ करोड बराबरको सामान हस्तान्तरण गरेको बताइएको छ । ४६०० थान ब्ल्याङकेट र ६०० थान पाल राहत सामग्रीमा समावेश छन् ।

राहत सामग्री बोकेका दुई चिनियाँ जहाज बिहान पोखरा विमानस्थलमा अवतरण भएका थिए । यहाँबाट जाजरकोट भने नेपाली एयरलाइन्स कम्पनीले कर्णाली लैजाने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja