१० वर्षपछि नेपाल टी–२० विश्वकपमा छनोट…



नेपाल टी—२० विश्वकप क्रिकेटमा छनोट भएको छ । नेपाल शुक्रबार मुलपानी क्रिकेट मैदानमा खेलिएको सेमिफाइनल खेलमा संयुक्त अरब इमिरेट्स ९यूएई० लाई आठ विकेटले हराउँदै टी—२० विश्वकपमा छनोट भएको हो ।

यसअघि नेपालले सन् २०१४ मा बंगलादेशमा भएको टी–२० विश्वकप खेलेको थियो । मूलपानी मैदानमा युएईले दिएको १३५ रनको लक्ष्य पछ्याउने क्रममा नेपालका आशिफ शेखले सर्वाधिक ६३ रन बनाए । त्यस्तै कप्तान रोहित पौडेलले ३५, गुल्सन झाले २२, कुशल भुर्तेलले ११ रन जोडे ।

यूएईको छैठौँ विकेट स्पिनर सन्दीप लामिछानेले लिएका थिए । उनले यूएईका ब्याट्सम्यान बासिल हमिदलाई एक रनको ब्यक्तिगत स्कोरमा पेभेलियन फर्काएका थिए । सन्दीपले उनलाई गुल्सन झाद्वारा क्याच गराएका थिए । उनले ब्यक्तिगत रुपमा लिएको यो दोस्रो विकेट थियो । उनी आउट हुँदा यूएईले १७।१ ओभरमा एक सय १८ रन बनाएको थियो । यूएईका नवौँ नम्बरका ब्याट्सम्यान जुनैद सिद्धकी भने तीन रनको ब्यक्तिगत स्कोरमा रन आउट भएका थिए ।

आयरल्याण्ड, स्कटल्याण्ड, पपुवा न्युगिनी र क्यानडाले टी(२० विश्वकप रिजनल क्वालिफायर्सबाट टी(२० विश्वकपमा स्थान पक्का गरिसकेका छन् ।

आगामी २० नोभेम्बर देखि १ डिसेम्बरमा नामिबियामा हुने अफ्रिका क्वालिफायर फाइनलबाट दुई टिमले विश्वकपमा स्थान बनाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja