डेंगु संक्रमितको संख्या बढेपछि उच्च सतर्कता अपनाउन आग्रह….



देश भरीका उपत्यकामा डेंगुसंक्रमितको संख्या बढ्दै गएको छ । जनस्वास्थ्य विज्ञहरूका अनुसार अघिल्ला वर्षहरूमा देशभर तीव्र गतिमा डेंगुको संक्रमण बढेको थियो । त्यसअनुसार अहिले पनि उच्च सतर्कता अपनाउनुपर्ने देखिएको छ ।

नेपालमा डेंगु देखिन थालेको १९ वर्ष भयो । सन् २००४ मा पहिलो पटक एक जनामा डेंगु सङ्क्रमण पुष्टि भएको थियो । उता, सन् २००५ मा भने सङ्क्रमण देखिएन । त्यसपछि क्रमशः सन् २००६ देखि २००९ सम्म वर्षेनी डेंगु संक्रमण पुष्टि हुँदै आएको छ ।

गत वर्ष साउनदेखि मंसिर सम्ममा ७७ वटै जिल्लामा डेंगु फैलिएको थियो । जसमा ५० जनाको ज्यान गएको थियो भने ४हजार भन्दा धेरै जनामा डेंगु सङ्क्रमण पुष्टि भएको थियो ।

नेपालमा विगतमा भन्दा सङ्क्रमण दर क्रमशः कम हुँदै गए पनि उपत्यकामा भने उच्च जोखिम कायमै रहेको सरुवारोग विशेषज्ञहरू बताउँछन् । देशभरी डेंगु फैलियो भने कुनै पनी क्षेत्रमा फैलिने सम्भावना भएकाले सचेत हुन सरुवा रोग विशेषज्ञ डा.शेरबहादुर पुनको आग्रहछ ।

सङ्क्रमण ७६ जिल्लामा देखिएको महाशाखाले जनाएको छ, संक्रमण देखिएका जिल्लामध्ये सबै भन्दा धेरै सङ्क्रमित सुनसरी जिल्लामा छन् । सुनसरीमा १६ हजार ८० जनामा सङ्क्रमण पुष्टि भएको महाशाखाले जनाएको छ ।

यस्तै,सात प्रदेशमध्ये सबैभन्दा धेरै सङ्क्रमित कोशी प्रदेशमा छन् । जहाँ २३ हजार ६७४ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja