टिस्टाको बाढीले भारतमा बिक्यो नेपालको बिजुली, प्रतियुनिट मूल्य १६ रुपैयाँ……



मंगलबार भारतको ‘डे अहेड’ बजारमा नेपालको बिजुली प्रतियुनिट १६ रुपैयाँमा बिक्री भइरहेको छ । भारतको इनर्जी एक्सचेञ्ज ९आईएक्स० बजारको तथ्यांक अनुसार मंगलबार प्रतियुनिट १० भारतीय रुपैयाँ अर्थात १६ रुपैयाँ प्रतियुनिट मूल्यमा बिजुली बिक्री भइरहेको हो ।

भारतीय बजारमा २४ घण्टालाई १५ /१५ मिनेटको ९६ वटा ब्ल्कमा विभाजन गरी बजारले तय गरेको प्रतिस्पर्धी दरमा विद्युतको कारोबार गरिन्छ । त्यसैले हरेक ब्ल्कको मूल्य फरक–फरक हुने गर्छ । तर, मंगलबार भने ९६ वटा नै ब्ल्कमा प्रतियुनिट १० भारतीय रुपैयाँ अर्थात १६ रुपैयाँमा बिक्री भइरहेको छ ।

रुस–युक्रेन युद्धको समयमा कोइला आयातमा समस्या आएपछि विद्युतको मूल्य आकाशिएको थियो , सामान्य अवस्थामा नेपालको बिजुलीको मूल्य प्रतियुनिट ५ देखि ८ रुपैयाँ भारुको बीचमा रहने गरेको छ । आईएक्सको रियल टाइम मार्केटमा समेत आज भारु प्रतियुनिट १० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja