ढोरपाटन सिकार आरक्षबाट हतियार बरामद



पोखरा

विभिन्न स्थानमा लुकाइ राखिएका ९ थान हतियारसहित अन्य सामाग्री ढोरपाटन सिकार आरक्षले बरामद गरेको छ ।

लुकाएर राखिएको अवस्थामा आरक्षले ती हतियार भेट्टाएको हो । ती हतियार लुकाएको स्थानबाट सिकारीले जनावर तथा पन्छी मार्ने गरेको पाइएको आरक्षका प्रमुख संरक्षण अधिकृत वीरेन्द्रराज कँडेलले बताए । ती हतियार प्रयोग गरेर कतिपय स्थानमा जंगली जनावरलाई पासो थापेर समेत मार्ने गरिएको पाएपछि आरक्षले खोजी गर्दा हतियार भेट्टाएको हो ।

बरादम भएका हतियारमा एसएलआर १ थान, ३०३ राइफल १ थान, भरुवा बन्दुक ७ थान छन् । त्यस्तै बारुद २ सय ग्राम, सिसा ७२ थान लगायतका सामाग्री छन् । ती सामाग्री आरक्षले जिल्ला प्रशासनमा बुझाएको छ । बरामद भएका सबै हतियार तथा सामाग्री रुकुमको पुथा उत्तरगंगा गाउँपालिका ५ भित्रको आरक्षमा भेटिएका हुन् । नियमित पोष्ट नभएकोले खोजीको क्रममा ती हतियार आरक्षले शनिबार जिल्ला सुरक्षा समितिमा बुझाएको छ । आरक्षले बुझाएको हतियारको घटनास्थलमा गएर मुचुल्का रुजु गरेपछि प्रहरीमा बुझाइने श्रेष्ठले जानकारी दिइन् ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja