विधेयक ढिलोगरी पेस गरिएकोप्रति सरकारले माग्यो माफी



पोखरा

सरकारले विधेयक ढिलोगरी प्रतिनिधिसभामा पेस गरिएकोप्रति आफी मागेको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले गत २० वैशाखमा अध्यादेश जारी गरेको अध्यादेशलाई राष्ट्रिय सभाबाट पारित भएर सन्देशसहित आएको मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० आइतबार प्रतिनिधिसभामा पेस गरिएको छ ।

उक्त विधेयक ढिलोगरी पेस गरिएको भन्दै सांसदहरुले सरकारको आलोचना गरेपछि कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरूङले माफी मागेका हुन् । आइतबार बसेको पहिलो बैठकमा उक्त विधेयक टेबल गरेर दोस्रो बैठकमा सो विधेयकमाथिसैद्धान्तिक छलफल गराएपछि विधेयकको प्रतिसमेत नपाएको भन्दै सांसदहरुले आपत्ति जनाए ।

सोही क्रममा उनीले  विधेयक छापामार शैलीमा ल्याइएको भन्दै सरकारको आलोचनासमेत गरे । यसपछि सांसदहरुले उठाएका प्रश्नहरूको जवाफ दिन रोस्ट्रममा पुगेका कानुनमन्त्री धनराज गुरूङले विधेयक पेस गर्न ढिला भएकोमा माफी मागेका हुन् । ‘समयमै संसदमा विधेयक प्रस्तुत हुन नसकेकाले नेपाल सरकारको तर्फबाट माफी माग्नुपर्छ । तँ माफी माग भनेर धनराज गुरुङलाई भनिरहनु पर्दैन । किनभने म त्यस्तो अंहकारी हैन । कानुनमन्त्रीको जिम्मेवारी पाएको छु । तर, अहंकार चढेको छैन,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja