सिम्ता गाउँपालिकाको प्राथमिकता पुर्वाधार र फलफूल खेती



सुर्खेत – पुर्वी सुर्खेतमा रहेको सिम्ता गाउँपालिकाले नयाँ आर्थिक वर्षका लागि बजेट ल्याएको छ ।
सिम्ता गाउँपालिका सुर्खेतको गाउँसभा १३ औं अधिवेशनले कुल बजेट ५८,१७,७०,७०,३५०विनियोजन गरेको छ । विनियोजित बजेटको चालु तर्फ रू  ३९,८९,०४,३५० र पुँजीगततर्फ रु. १८,१७,६६,०००/-  छुट्याइएको छ । गाउँसभा १३ औं अधिवेशन गाउँपालिका अध्यक्ष ऐन बहादुर चन्दको अध्यक्षतामा उद्घाटन भएको छ । उपाध्यक्ष गोमा शर्मा ( रेग्मी )ले विनियोजित बजेट प्रस्तुत गरेकी छिन् ।
सभामा विभिन्न विषयगत समितिका संयोजकहरूले आ-आफ्नो समितिको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका छन् । गाउँ सभाको संचालन सभाका सचिव एवम् प्रमुख प्रशासकीय अधिकृत भलाराम पंगालीले गरेका छन् ।
सिम्ता गाउँपालिकाले यस वर्ष गौरवका आयोजनाहरु शहिद ऋषिस्मृति चक्रपथमा २ करोड र  शहिद ईन्द्र विसी द्रुतमार्गमा २ करोड   विनियोजन गर्दै  विशेष प्राथमिकतामा राखेको छ । गाउँपालिकाले वृहत फलफूल खेति कार्यक्रमलाई पनि प्राथमिकतामा राखेको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja