लायन्स क्लव अफ पोखरा हेमजाद्वारा बृक्षरोपण सम्पन्न



 

पोखरा

लायन्स क्लव अफ पोखरा हेमजाले आफ्नो बर्ष ०२३/०२४को सुरुवातको अवसरमा बृक्षरोपण सम्पन्न गरेको छ । पोखरा–२५ हेमजा स्थित बिष्णुपादुका मा.वि.को प्रांगणमा बिभिन्न ९ प्रजातीका ३० वटा बिरुवा रोपेको हो ।

लायन्स क्लव अफ पोखरा हेमजाका अध्यक्ष सन्तमान श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा लायन्स क्लव इन्टरनेशनल डिष्ट्रिक जे का इन्भायरोमेन्ट को चिफ सन्तोष पौडेलको प्रमुख अतिथ्यतामा सम्पन्न भएको थियो ।कार्यक्रममा प्रमुख अतिथिको मन्तब्य राख्दै लायन्स क्लवले यस्ता कार्यक्रमहरुवाट बातावरणको क्षेत्रमा उल्लेख्य भुमिका खेलेको र समाजलाई सामाजिक भावनामा उत्प्रेरण जगाएको कुरामा जोड दिए ।

जोन १३ का जोन चेयर पर्सन बसन्त बास्तोला,विद्यालय ब्यवस्थापन अध्यक्ष कृष्ण नेपाली, बिष्णुपादुका मावि प्रधानाध्यापक दिपक राज पौडेल, लियो डिष्टिक प्रेसिडेन्ट बिष्णु प्रसाद दाहाल, लियो क्लव अफ हेमजाका प्रेसिडेन्ट मनोज त्रिपाठी शिक्षक मिन बहादुर थापा, पूर्व अध्यक्ष हरिश्चन्द्र पौडेल, पूर्व अध्यक्ष विनोद श्रेष्ठ पूर्व अध्यक्ष प्रकाश पौडेल ,पूर्व अध्यक्ष तथा सल्लाहकार राजेन्द्र बहादुर सापकोटाले आ–आफ्नो मन्तब्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja