भरुवा बन्दुकसहित तनहुँमा एक जना पक्राउ



पोखरा

तनहुँको घिरिङ गाउँपालिका–४ करूवाटारस्थित शालिग्राम कोरिडोर मोटर मार्गमा एकनाले भरुवा बन्दुकसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोही ठाउँका ५९ वर्षीय टेकबहादुर सोती मगर रहेको जिल्ला प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँणले बताए । अवैध रुपमा एकनाले भरुवा बन्दुकसहित हिँडिरहेका मगरको शरीरमा खानतलासी गर्दा उनको साथबाट फलामको छर्राका टुक्रा, बारुद, प्लास्टिक कागजको टुक्रा र पटकासमेत फेला परेको खाँणले बताए । मगरलाई हातहतियार खरखजना मुद्दामा आइतबार जिल्ला अदालतमा उपस्थित गराई ७ दिनको म्याद थप लिई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja