आगामी आवका लागि पोखरा महानगरको बजेट रु ७ अर्ब १५ करोड १५ लाख



पोखरा

पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि ७ अर्ब १५ करोड १५ लाख १६ हजार रुपैयाँको बजेट ल्याएको छ ।

उपप्रमुख मञ्जुदेवी गुरुङले आइतबार १३ औं नगरसभामा आगामी आर्थिक वर्ष २०८०/८१ का लागि बजेट सार्वजनिक गरेकी हुन् । चालु आर्थिक वर्षमा ८ अर्ब ९९ करोड २ लाख रूपैयाँको बजेट विनियोजन गरिएको थियो ।बजेटमा संघीय सरकारको अनुदानबाट २ अर्ब ७६ करोड ३२ लाख, प्रदेश सरकार अनुदानबाट १० करोड २३ लाख ६२ हजार, आन्तरिक आयबाट २ अर्ब २७ करोड, ८७ लाख, संघीय राजस्व बाँडफाँटबाट ३६ करोड ६२ लाख, प्रदेश राजस्व बाँडफाँटबाट ८ करोड २५ लाख रूपैयाँ स्रोत व्यवस्था हुने उल्लेख छ ।

यसो गर्दा ४५ करोड ६८ लाख ६५ हजार कम हुने देखिन्छ । न्यून बजेट चालु आर्थिक वर्षकोअन्त्यमा बचत हुने रकमबाट ब्यहोर्ने उपमेयर गुरुङले बताइन् ।महानगरले पर्यटन, कृषि, पूर्वाधार तथा सहरी विकास, शिक्षा, रोजगार प्रवर्द्धनलगायतमा जोड दिएर बजेट ल्याएको हो । महानगरले पूर्वाधारतर्फ २ अर्ब, सामाजिकतर्फ ६ करोड ५० लाख, आर्थिक विकासतर्फ १० करोड, स्वास्थ्यतर्फ १० करोड, शिक्षातर्फ १८ करोड, वडाहरूका लागि ७२ करोड ६० लाख, नगर कार्यपालिकाको कार्यालयतर्फ ८१ करोड २२ लाख, पर्यटन, सहरी विकास तथा वातावरणतर्फ ७० करोड विनियोजन गरिएको छ ।

 

 

 

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja