बागलुङ नगरपालिकाको बजेट १ अर्ब ३३



पोखरा

बागलुङ नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१का लागि १ अर्ब ३३ करोडको बजेट ल्याएको छ ।

उपप्रमुख राजु खड्काले आइतबार नगरसभाको बैठकमा उक्त बजेट पेश गरेका हुन् । नेपाल सरकारको वित्तीय समानीकरण तर्फ १५ करोड ८५ लाख, राजश्व बाँडफाँड तर्फ १२ करोड ३४ लाख, सशर्त अनुदान तर्फ ७१ करोड २६ लाख र समपुरक अनुदान तर्फ १ करोड ८५ लाख आय अनुमान गरिएको छ ।

त्यस्तै प्रदेश सरकारको ६ करोड १८ लाख र आन्तरिक आय ९ करोड २४ लाख हुने अनुमान गरिएको छ । खर्च तर्फ बागलुङ नगरपालिकाले बालमैत्री नगर घोषणा गर्न १ करोड २५ लाख रुपैयाँ विनियोजन गरेको छ । नगरस्तरीय पूर्वाधार निर्माण गर्न २ करोड ५० लाख, नगर क्षेत्रमा सडक बत्ती निर्माण गर्न ३५ लाख र नगरकी छोरी अभियानका लागि १५ लाख रुपैयाँ रकम विनियोजन गरिएको छ । आगामी वर्षदेखि हरेक छोरीको जन्म हुने बित्तिकै ५ हजार रुपैयाँको मुद्दती खाता खोल्ने नगरप्रमुख वसन्तकुमार श्रेष्ठले नीति ल्याएका थिए । आगामी पुस मसान्तसम्ममा नगरपालिकाको बालमैत्री घोषणा गर्ने लक्ष्य समेत छ ।

नगर सफाइका लागि १ करोड २० लाख, एक वडा एक नमुना पूर्वाधारका लागि हरेक वडामा ४० लाखको नमुना योजना संचालन गर्न बजेट विनियोजन गरिएको छ । छाडा कुकुर व्यवस्थापन गरेर होस्टेल निर्माण गर्न १५ लाख रुपैयाँ विनियोजन गरिएको छ । ग्रीन रोड व्यवस्थापनको थालनी गर्ने, पदमसिंह विश्वकर्मा छात्रवृत्ति कार्यत्रम संचालन गर्ने खड्काले जानकारी दिए । निर्माण सम्पन्न भएर पनि संचालनमा नआएका नगरपालिका भित्रका ठूला पूर्वाधार आगामी वर्ष संचालन गर्ने बजेटले लक्ष्य राखेको छ । बलेवा विमानस्थल, बागलुङ बसपार्क र औद्योगिक ग्राम संचालन गर्ने समेत बजेटमा समावेश छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja