भारतको उडिसामा बस दुर्घटना हुँदा ११ जनाको मृत्यु



 

 

पोखरा 

भारतको उडिसा राज्यमा बस दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ । २० जना घाइते भएका छन् ।राज्यको गञ्जम जिल्लाको दिग्पाहान्डी प्रहरी सीमा अन्तर्गत खेमुण्डी कलेज नजिकै गए राति भएको दुई बस एकापसमा ठोक्किएको हो ।

रायगडाबाट भुवनेश्वर जाँदै गरेको जन्ती बोकेको बस दिग्पाहाण्डीस्थित खेमुण्डी कलेज नजिकै सरकारी बससँग ठोक्किएको जनाइएको छ । घटनालगत्तै स्थानीय प्रहरी र दमकलको टोली घटनास्थलमा पुगेका थिए । घाइतेहरूलाई उपचारका लागि बर्हम्पुर एमकेसीजी अस्पतालमा भर्ना गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja