कास्की भित्र मात्रै आव २०७९/८० मा एक सय ११ सवारी दुर्घटना



पोखरा

आर्थिक वर्ष २०७९/८० मा कास्की जिल्ला भित्र मात्रै एक सय ११ सवारी दुर्घटना भएका छन् ।

जिला ट्राफिक कार्यालय कास्कीका अनुसार ती दुर्घटनामा परी ४२ जनाको ज्यान गुमाएका छन् । यसैगरी दुर्घटनामा परी एक सय ५० जना घाइते तथा अङ्गभङ्ग भएका छन् । ट्राफिक प्रहरीको अनुसार सडक तथा सवारीको क्षमता भन्दा तीव्र गतिमा सवारी चलाउनु नै दुर्घटनाको मुख्य कारण रहेको छ । मोटरसाइकल दुर्घटनाको धेरै जस्तो कारण अधिक गति नै हुने गरेको ट्राफिक कार्यालयको भनाई छ । त्यसै गरि कार्यालयका अनुसार दुर्घटनामा परेका धेरै जसो चालक युवा उमेर समूहकै रहेका छन् ।

 

 

 

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja