पोखरा महानगरले बढायो विद्यार्थीलाई दिवा खाजामा १० रूपैयाँ



 

 

पोखरा 

नेपाल सरकारले सामुदायिक विद्यालयमा ६ कक्षासम्मका विद्यार्थीलाई दिवा खाजावापत १५ रूपैयाँ दिँदै आएकोमा पोखरा महानगरपालिकाले त्यसमा १० रूपैयाँ थप गर्ने भएको छ ।

आइतबार १३ औं नगरसभामा आर्थिक वर्ष ०८०/८१ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै महानगर प्रमुख धनराज आचार्यले दिवा खाजावापत प्रत्येक विद्यार्थीलाई २५ रूपैयाँ उपलब्ध गराइने बताए ।

विद्यालयमा खाजाको रूपमा ‘जंक फुड’ निषेध गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ । महानगरले कार्यालय र सार्वजनिक स्थलहरूमा बोत्तलको पानीको सट्टा जग र ग्लासको व्यवस्था गर्ने नीति लिएको छ । तीन तलाभन्दा माथिका सबै भवनमा अनिवार्य रूपमा अग्नि नियन्त्रण प्रणाली जडान गर्नुपर्ने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । यसैबीच लेकसाइडलाई २४ घण्टा खुला गर्न पहल गर्ने, सवारी व्यवस्थापन र रात्रिकालीन व्यवसाय नियमनका लागि उचित कार्यविधि तर्जुमा गरी कार्यान्वयन गर्ने नीति लिइएको छ ।

 

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja