पोखरा महानगर: आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित



पोखरा

पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि ल्याएको नीति तथा कार्यक्रम पारित गरेको छ ।

मेयर धनराज आचार्यले महानगरको १३ औँ नगरसभामा प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम बहुमतले पारित भएको हो । मेयर आचार्यले आइतबार नगरसभामा एक सय ४३ बुँदा समेटिएको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । मेयर आचार्यले नेपाल सरकारबाट पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न अनुरोध गर्ने जनाएका छन् ।

उनले पोखराको समुन्नत पर्यटकीय पोखरा निर्माणका लागि टप टु बटमको एप्रोज लागु गर्ने सुनाए । उनले महानगरले महाशाखा, शाखा तथा वडाहरुको सोलाई प्रविधिमैत्री बनाइने बताए । उनले कर प्रशासनलाई सरलीकृत गर्दै आगामी आर्थिक वर्षमा अनलाइन प्रणाली मार्फत कर संकलन गर्ने बताए ।

महानगरले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीतिलाई अवलम्बन गर्ने मेयर आचार्यले जनाए । बारीदेखि बजारसम्म, उत्पादनदेखि उपभोक्तासम्म भन्ने नारा दिएर कृषि बजारीकरण गर्ने उनले सुनाए । मेयर आचार्यले महानगर र सहकारी, उत्पादन र बजारीकरणमा साझेदारी भन्न मान्यताका साथ सहकारी क्षेत्रमा रहेको सर्वसाधारणको बचत सुरक्षित गर्ने अनुगमन र नियमनलाई प्रभावकारी बनाइने सुनाए ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja