पानीको रहमा डुबेर दुई बालकको मृत्यु



पोखरा

पूर्वी नवलपरासीको गैंडाकोटमा सिँचाइका लागि जम्मा गरिएको पानीको रहमा डुबेर दुई बालकको मृत्यु भएको छ ।

गैंडाकोट नगरपालिका वडा नम्बर ४, झपर्दीका १३ वर्षका प्रतिक परियार र १५ वर्षका प्रविन श्रेष्ठको शुक्रबार राति डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक देवबहादुर पौडेलले जानकारी दिए ।

प्रहरीका अनुसार गैंडाकोट नगरपालिका वडा नम्बर –३, तात्रीबास नजिकै सिँचाइका लागि जम्मा गरिएको पानीको ड्याममा डुबेर उनीहरूको मृत्यु भएको हो । अत्यधिक गर्मी भएको भन्दै उनीहरू साँझ नुहाउन गएका थिए । अबेरसम्म पनि घर नफर्किएपछि खोज्न जाँदा उनीहरू मृत अवस्थामा भेटिएका थिए । गत दुई महिनाको अवधिमा पूर्वी नवलपरासीमा डुबेर ६ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja