बागलुङमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु



 

 

पोखरा

बागलुङको काठेखोला गाउँपालिका ३ धम्जा देउरालीमा जिप दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ भने दुईजना भने घाइते भएका छन् ।

मृत्यु हुनेमा जिपमा सवार सोही ठाउँका १९ वर्षीय विजय विक रहेका छन् । घाइते भएका जिपमै सवार अन्य दुईजनाकाे धौलागिरी अस्पतालमा उपचार भएकाे छ । बागलुङको सदरमुकामबाट ओखलेतर्फ जाँदै गरेको ग १ ज ७१ ९० नम्बरको बोलेरो जिप सडकबाट करिब २५ मिटर तल खसेको थियो । दुर्घटनालगतै चालक भएका फरार रहेकाले खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja