पोखरा फेवातालमा भएको ‘ड्रागन बोट रेस’ को उपाधि सिचुवान ड्रागन बोटलाई



पोखरा

पोखराको फेवातालमा भएको ‘ड्रागन बोट रेस’ को उपाधि चीनको सिचुवान ड्रागन बोट टिमले जितेको छ ।

दक्षिण एसियामै पहिलोपटक नेपालमा भएको ‘ड्रागन बोट रेस’ का पाँच सय र दुई सय मिटरतर्फ दुवै उपाधि चीनको सिचुवान ड्रागन बोट टिमले जितेको हो । दुवै दूरीमा नेपाल एसोसिएशन अफ र्‍याफ्टिङ एजेन्ट्स (नारा) को टोली उपविजेता भएको छ । दुवै दूरीमा चीनको युनान तेस्रो भएको छ । उपाधि विजेता सिचुवानले दुवै विधामा गरी ११ लाख रुपैयाँ र उपविजेता नाराले दुवै विधामा गरेर ७ लाख रुपैयाँ हात पार्यो।

तेस्रो हुने युनानले ४ लाख रुपैयाँ पुरस्कारस्वरुप प्राप्त गर्‍यो । बोट रेसमा चीनका चार र नेपालका चार गरी ८ टिम सहभागी थिए । विजयी टिम र खेलाडीलाई राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना, नेपालका लागि चिनियाँ राजदूत छन सोङ, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला सिर्पाली ठकुरी, पोखरा महानगर मेयर धनराज आचार्य लगायतले पुरस्कार प्रदान गर्नुभएको छ । दक्षिण एसियामै नेपालमा पहिलो पटक भएको ड्रागन बोट रेसले पोखरामा मात्रै नभइ नेपालकै पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने व्यवसायीले जनाएका छन् । चीनमा यो खेल निकै चर्चित भएकाले नेपालमा आयोजना हुँदा चीनमा नेपालबारे पर्याप्त प्रचार भएको व्यवसायीको भनाइ छ ।

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja