पोखरामा लागूऔषधसहित एक नेपाली पुरुष र विदेशी महिला पक्राउ



 

पोखरा

पोखरामा लागूऔषधसहित एक विदेशी महिला र एक नेपाली पुरुष पक्राउ परेका छन् ।

बुधबार अपरान्ह १ बजे लागू औषध नियन्त्रण ब्युरो कोटेश्वर काठमाडौं तथा लागू औषध नियन्त्रण व्युरो शाखा कार्यालय पोखराबाट खटिएको प्रहरी टोलीले गोप्य सूचनाको आधारमा पोखरा महानगरपालिका–६ लेकसाईडबाट दुईजनालाई लागूऔषधसहित नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा मोरङको बिराटनगर महानगरपालिका– १२ स्थायी ठेगाना भएका २६ वर्षीय राज गौतम र चेक रिपब्लिकबाट जारी ४६५७०३३३ नम्बरको राहदानी बाहक ३२ वर्षीया मार्टिना सेर्ना रहेका छन् ।

 

उनीहरुलाई शंकास्पद अवस्थामा फेला पारी शरीर तथा झोला खानतलासी गर्दा लागू औषध एलएसडी २६ पिस, लागू औषध एम्फेटामाईन (आईस जस्तो देखिने) ४०० मिलिग्राम र मोवाईल २ थान सहित फेला परेको प्रहरीले जनाएको छ । पक्राउ परेका उनीहरुलाई लागू औषध सम्बन्धी मुद्दामा कास्की जिल्ला अदालतबाट दिन पाँच म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja