पोखराको फेवातालमा आजदेखि ड्रागन बोट रेस फेस्टिभल हुँदै



 

पोखरा

पोखराको फेवातालमा आज शुक्रबारदेखि ‘नेपाल–चीन’ फ्रेन्डसिप ड्रागन बोट रेस फेस्टिभल’ हुँदैछ ।

चीनबाहिर दक्षिण एसियामै पहिलोपल्ट पोखरा हुन लागेको फ्रेन्डसिप ड्रागन बोट रेस चीन सरकारको पहलमा असार ८ र ९ गते हुन लागेको हो । पर्यटन बोर्ड, नेपालस्थित चिनियाँ दूतावास र पोखरा महानगरपालिकाको आयोजना तथा पोखरा पर्यटन परिषद् र चाइना ओभरसिज एसोसियसनको सहआयोजना हुन लागेको छ । फ्रेन्डसिप ड्रागन बोट रेस फेवातालमा २०० र ५०० मिटरको  दौड प्रतिस्पर्धा हुनेछ ।फेस्टिभलमा सहभागी हुन चिनियाँ १ सय २० जनाको टोली बुधबार सिचुआन एयरलाइन्सको चार्टर्ड जहाजबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमामार्फत आइपुगेका छन् ।

प्रतियोगितामा ४ नेपाली र ४ चिनियाँ गरी आठ ओटा टोली सहभागी हुँदै छन् । नेपाल ¥याफ्टिङ एजेन्सिज एसोसियसन (नारा), फेवा डुंगा व्यवसायी संघ, बेगनास डुंगा व्यवसायी संघ र पोखरा महानगरको टोली नेपालका तर्फबाट प्रतियोगितामा सहभागी हुनेछन् । पुरस्कारमा ३० लाख रुपैयाँ खर्च हुने जनाएको छ । पहिलो हुने टोलीले ५ लाख ५० हजार÷५ लाख ५० हजार पाउने छन् । पोखरामा आयोजना हुने फुटबल र म्याराथनपछिको सबैभन्दा बढी पुरस्कार राशिको प्रतियोगिता पनि हो ।चीनमा २ हजार वर्षअघिदेखि यो उत्सव मनाउन थलिएको छ । तर, पछिल्लो समय शीतनिद्रामा रहेको ड्रागन प्रतियोगितालाई जगाउन नेपालमा पनि यो कार्यक्रम आयोजना गरिएको हो । यसअघि यो फेस्टिभल ५० भन्दा बढी देशमा आयोजना गरिसकेको छ ।

पोखरामा यो गतिविधिलाई हरेक वर्ष आयोजना गर्ने उल्लेख छ । यो खेलमा ड्रागन जस्तो देखिने डुंगा नेपाल ल्याएको छ । उक्त डुंगामा एक जनाले ड्रम बजाउने छन् । प्रतियोगितामा सहभागी हुने १० जनाले डुंगा खेलाउने छन् । डुंगाको पुछारमा बस्ने एक जनाले डुंगाको दिशा मिलाउँछन् । बिहीबार फेस्टिभलको पूर्वाभ्यास गरिएको थियो ।पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले फेस्टिभलको पूर्णतयारी भएको बताए । चीनबाटै नेपालको केरुङ नाका हुँदै आठ वटा विशेष खालका डुंगा पोखरा आइपुगेका छन् । ‘नेपालमा पहिलोपल्ट आयोजना गर्न लागिएको यस प्रकारको कार्यक्रमले समग्रमा नेपालकै पर्यटनमा नयाँ आयाम थप्छ,’ अध्यक्ष श्रेष्ठ भने ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja