कावासोतीमा चारवटा लोपोन्मुख डंगर जातका गिद्ध मृत फेला



पोखरा

कावासोतीमा चारवटा लोपोन्मुख डंगर जातका गिद्ध मृत फेला परेको छ ।

जिल्ला सदरमुकाम कावासोतीस्थित केरुङ्गे खोला नजिक बिहीबार चार वटा गिद्ध मृत भेटिएको संरक्षणकर्मी डिबी चौधरीले जानकारी दिए । उनका अनुसार विषाक्त खान्कीका कारण गिद्ध मरेको हो ।‘बिहीबार साँझ कावासोती नगरपालिका-३ स्थित नमुना सदरमुकाम नजिकको खोला किनारमा चार वटा गिद्ध मृत भेटिएका छन् ।

बिषाक्ता खानाकै कारण मरेको अनुमान छ,’ चौधरीले भने । गिद्ध मरेको स्थान नजिकमा स्यालजस्तो देखिने जनावर पनि मृत अवस्थामा भेटिएको चौधरीले बताए । स्थानीय कुखुरा पालकले स्याल मार्न राखेको खान्की खाएर मरेको सिनो खाएका कारण गिद्ध मरेको अनुमान छ । पशु प्राविधिकले अनुसन्धान सुरु गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja