गोरखामा जिप दुर्घटना : मृतक पाँचै जनाको पहिचान खुल्यो



 

पोखरा

गोरखामा जन्ती बोकेको जिप दुर्घटनामा मृत्यु भएका ५ जनाको पहिचान खुलेको छ।

मृत्यु हुनेमा शहीद लखन गाउँपालिका– ५ पोखरे डाँडाका १९ वर्षीय प्रविण थापा, २८ वर्षीय वीरबहादुर थापा, १९ वर्षका निरज थापा, १९ वर्षीया नविना थापा सोही गाउँपालिका–४ का ६४ वर्षीय धनबहादुर थापा रहेका छन्।

शहीद लखन–३ चिलिङकोटबाट बेहुली लिएर सहिद लखन-५ ताक्लुङबाट फर्किँदै गरेको ०१-०२३ च ४४२७ नम्बरको जिप शुक्रबार बिहान २ बजे दुर्घटनामा परेको  गोरखाका प्रहरी नायव उपरीक्षक लिलाराज लामिछानेले जानकारी दिए । १९ जना सवार जिपमा दुर्घटना हुँदा १२ जना घाइते भएका छन्। घाइतेमध्ये ४ जनालाई थप उपचारका लागि चितवनको भरतपुर मेडिकल कलेज पठाइएको छ भने अन्य ८ जनाको तनहुँको आँबुखैरेनी अस्पतालमा उपचार भइरहेको लामिछानेले बताए।  

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja