आज शुक्रबार घट्यो सुनचाँदीको मूल्य



पोखरा

सुनको भाउ लगातार चार दिन घटेको छ ।

गत मंगलबार प्रतितोला २०० रुपैयाँले घटेर १ लाख ११ हजार ८०० रुपैयाँ कायम भएको मूल्य त्यसयता पनि लगातार घटिरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला ७०० रुपैयाँले घटेर १ लाख ९ हजार ८०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजाबी सुनको मूल्य तोलाको १ लाख ९ हजार ३०० रुपैयाँ निर्धारण भएको छ । 

यसअघि बिहीबार सुनको मूल्य १ लाख १० हजार ५०० रुपैयाँ कायम भएको थियो । यसैगरी, तेजाबी सुनको भाउ तोलाको १ लाख ९ हजार ९५० रुपैयाँ निर्धारण भएको थियो । बिहीबार पनि सुनको भाउ अघिल्लो दिनको तुलनामा तोलामा ५०० रुपैयाँले घटेको थियो । त्यस्तै, चाँदीको भाउ पनि तोलामा २५ रुपैयाँले घटेर १३ सय ३५ रुपैयाँ कायम भएको छ । बिहीबार चाँदीको भाउ तोलाको १३ सय ६५ रुपैयाँ कायम रहेको थियो । पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको भाउमा गिरावट आएकोले नेपाली बजारमा पनि त्यसको प्रभाव परेको हो । 

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja