गोरखामा जन्ती बोकेको बस दुर्घटना हुँदा ५ जनाको मृत्यु



 

पोखरा

गोरखामा जन्ती बोकेको बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ ।

दुर्घटनामा अन्य १२ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी लीलाराज लामिछानेले जानकारी दिए । राति १ बजेतिर सहिदलखन गाउँपालिका ३ को पातले खोलामा बस दुर्घटना भएको हो ।

प्रदेश ३ –०१–०२३ च २४२७ नम्बरको बस दुर्घटनाका घाइतेको उद्धारमा रातको समय भएकाले ढिलाइ भएको थियो । अहिले उद्धारको काम भइरहेको उनको भनाइ छ । दुर्घटनामा परेर चार पुरुष र एक महिलाको मृत्यु भएको हो । दुर्घटनाको थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja