बैंकर अनिल केशरी शाह रास्वपामा प्रवेश



पोखरा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बैंकर अनिल केशरी शाहलाई पार्टीको प्रशिक्षण विभाग प्रमुखको जिम्मेवारी दिएको छ ।

उनलाई आज बसेको रास्वपा केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले प्रशिक्षण विभाग प्रमुखको जिम्मेवारी दिएको हो । पार्टी सभापति रवी लामिछानेले शाहलाई दलको लोगो लगाएर जिम्मेवारी प्रदान गरेका थिए । नबिल र मेगा बैंकको प्रमुख कार्यकारी भइसकेका शाह आजै आधिकारिक रुपमा रास्वपामा प्रवेश गरेका थिए ।उनलाई पार्टी कार्यालयमा आयोजित विशेष कार्यक्रममा पार्टी सभापति लामिछानेले स्वागत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja