राजदूत नविन श्रीवास्तव: पोखरालाई योग केन्द्रका रुपमा विकास गर्नुपर्छ



पोखरा

नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले पोखरालाई योग केन्द्रका रुपमा विकास गर्नुपर्ने बताएका छन् ।

बुधवार पोखरामा अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।उनले पोखरा प्राकृतिक मनोरम र पर्यटनका दृष्टिकोणले उत्कृष्ट स्थान भएको भन्दै पोखरालाई सडक सञ्जाल वा अन्य माध्यमबाट जोड्दै जान सकिने बताए ।

उनले पोखरा प्राकृतिक सौन्दर्यताका हिसावले उत्कृष्ट स्थान रहेको भन्दै पोखराले भारतका पर्यटकहरु तानेको बताए ।उनले भारतका विभिन्न शहरका पर्यटकहरु पोखरामा आइरहेको उल्लेख गर्दै पोखरालाई योग केन्द्रका रुपमा विकास गर्नका लागि भारत सरकार सहयोगका लागि तयार रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja