तनहुँमा ट्रक र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु



 

पोखरा

पृथ्वीराजमार्गस्थित जिल्लाको आँबुखैरेनी गाउँपालिका २ एक्लेफाँटमा बुधबार बिहान ट्रक र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।

मुग्लिङबाट लमजुङतर्फ जाँदै गरेको ना ६ ख ३०१६ नम्बरको ट्रक र सोही दिशाबाट जाँदै गरेको बा ७० प ९४७४ नम्बरको मोटरसाइकल ठोक्किई दुर्घटना भएको जिल्ला प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाणले बताए ।

दुर्घटनामा मोटरसाइकल पछाडि सवार लमजुङ सुन्दरबजार नगरपालिका ९ का ५८ वर्षीय चन्द्रबहादुर गुरुङको घटनास्थलमै मृत्यु भएको खाणले बताए । त्यस्तै मोटरसाइकल चालक तनहुँ आँबुखैरेनी गाउँपालिका २ मार्कीचोक घर भई हाल काठमाडौं बुढानीलकण्ठ नगरपालिका ३ का ५५ वर्षीय राजु गुरुङ घाइते भएका छन् । घाइते राजुको आँबुखैरेनी अस्पतालमा उपचार भइरहेको छ । उक्त घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja