बागलुङको काठेखोला सडकदेखि जिप खस्दा २ जनाको मृत्यु



पोखरा

मध्यपहाडी लोकमार्गस्थित बागलुङको काठेखोला गाउँपालिका वडा नम्बर–५ बिहुँमा सडकदेखि जिप खस्दा दुई जनाको मृत्यु भएको छ ।

गलकोटदेखि बागलुङ आउँदै गरेको जिप बुधबार बिहान अनियन्त्रीत भएर ठूलोढुंगा देखि ५ सय मिटर तल खस्दा दुई जनाको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक मदन केसीले बताए । ग १ च ९४८५ नम्बरको उक्त पिकअप जिप सामान बेच्न हिँड्ने गरेको खुले पनि मृतकको पहिचान भने भएको छैन । घटनास्थलमा प्रहरी चौकी धम्जा र प्रहरी चौकी अक्षेतेको टोली पुगेर उद्धार गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja