मेयर शाहले गर्दा १३ हजार बिद्यार्थीले पाए निःशुल्क छात्राबृति



 

पोखरा

काठमाडौं महानगरपालिकाका १३ हजार बिद्यार्थीले निःशुल्क छात्राबृति पाएका छन् ।

काठमाडौंका मेयर बालेन शाहले छात्राबृति नदिने महानगरपालिका भित्रका बिद्यालयलाई कारबाही गर्ने चेतावन पछि उक्त संख्यामा बिद्यार्थीले छात्राबृति पाएका हुन् ।

काठमाडौं महानगरका अनुसार पाँच सय चारमध्ये चार सय ६५ निजी विद्यालयले छात्रवृत्ति विवरण बुझाउँदा छात्राबृति पाउने उक्त संख्या खुलेको हो । यस अघि विद्यालयहरूले छात्राबृति विवरण नबुझाउँदा लक्षित वर्गका विद्यार्थीले कानुनले तोकेको छात्रवृत्तिसम्बन्धी सुविधा प्राप्त गरे–नगरेको भन्न कठिन भए पछि महानगरले यसपाली कडाई गरेर सुची पठाउन निर्देशन दिएको थियो ।

जसअनुसार १३ हजारभन्दा बढी विद्यार्थीले छात्रवृत्ति प्राप्त गरेको महानगरपालिकाले जनाएको छ । महानगरपालिकाका मेयर साहले बिद्यालयले पठाएका विवरणमाथि छानबिन गरी सत्य हो वा होइन निरीक्षण गरी थप सम्पुर्ण विवरण सार्वजनिक गर्ने जनाएका छन् । ‘हालसम्म विवरण नपठाएका विद्यालयलाई एक लाख रुपैयाँसम्म जरिवाना तिराएर थप एकपटक विवरण बुझाउने मौका दिइनेछ ,’ उनले सो बिवरण प्राप्त गरे पछि सार्वजनिक रुपमा भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja