क्यानडाको सैन्य हेलिकप्टर ओट्टावा नदीमा खस्दा २ जनाको मृत्यु



 

 

पोखरा

क्यानडाको सैन्य एयर फोर्सको हेलिकप्टर ओट्टावा नदीमा खस्दा दुई जनाको मृत्यु भएको छ ।

मङ्गलबार मध्यराति भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने थप दुई जना उद्धार गरिएको छ । उनीहरुको अस्पतालमा उपचार भइरहेको क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडेले जानकारी दिए ।

ट्रुडेले मृत्यु भएका सेनाको परिवारप्रति समवेदना पनि व्यक्त गरेका थिए । हेलिकप्टर दुर्घटना बारे विस्तृत अनुसन्धान गरिने पनि ट्रुडेले विश्वास दिलाए । रोयल क्यानेडियन एयरफोर्सको चिनोक सिएच हेलिकप्टर उत्तरपूर्वी ओट्टावास्थित पेन्टावावा मिलिटरी बेसक्याम्प नजिकै नदीमा खसेको थियो ।

 

 

 

 

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja