किसानलाई पेन्सनको व्यवस्था गर्नुपर्छ: प्रभु साह



पोखरा

आम जनता पार्टीका अध्यक्ष प्रभु साहले किसानलाई पेन्सनको व्यवस्था गर्नुपर्ने बताएका छन् । कृषि क्षेत्रको प्रोत्साहन र किसानको सम्मानका लागि पेन्सन दिनुपर्ने उनको भनाइ छ ।

बुधबार प्रतिनिधिसभामा कृषि तथा पशुपंक्षी विकास मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफलमा भाग लिँदै अध्यक्ष साहले कर्मचारीलाई पेन्सन दिने तर किसानलाई नदिने काम उचित नहुने बताए ।

‘किसानलाई पेन्सनको व्यवस्था गरौं । लुट्ने स्थायी सरकारलाई होइन । जति ठूलो पोस्टमा छ, त्यति ठूलो भाग खानेलाई पेन्सन दिएर पाल्ने होइन । स्वार्थीलाई सम्मान गर्ने हो कि त्यागीलाई सम्मान गर्ने हो ? दुनियाँका लागि खनुपसिना सुकाएर जीवन दिनेलाई सम्मान गर्ने हो कि चुसेर महल ठड्याउनेलाई सम्मान गर्ने हो ?’ उनले प्रश्न गरे । कृषिलाई आकर्षणको क्षेत्र बनाउन परम्परागत बजेटले सम्भव नहुने भन्दै साहले नयाँ ढंगले सोच्नुपर्ने धारणा राखे ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja