तनहुँको पहिरोमा घाइते भएका दुई जनामध्ये एक जनाको मृत्यु



 

 

पोखरा

जिल्लाको म्याग्दे गाउँपालिका–१ माथिल्लो गुणादीमा सोमबार साँझ पहिरोमा पुरिएर घाइते भएका दुई जनामध्ये एक जनाको मृत्यु भएको छ ।

सख्त घाइते भएका उदयपुरको कटारी नगरपालिका–७ का ४० वर्षीय बलबहादुर राईलाई थप उपचारका लागि पोखरामा पठाइएकोमा उपचारकै क्रममा सोमबार राति मृत्यु भएको तनहुँ प्रहरीले जनाएको छ ।अर्का घाइते झापाको शिवशताक्षी नगरपालिका–७ का ३३ वर्षीय भीम भुजेलको सोमबार साँझ मृत्यु भएको थियो ।

ढिस्कोले पुरिएर घाइते झापाको शिवशताक्षी नगरपालिका–७ का ४५ वर्षीय कृष्ण लिङ्देलको दमौलीस्थित रत्नहरि अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । मुग्लिन–पोखरा सडक खण्ड अन्तर्गत सडक छेउमा पर्खाल निर्माणका क्रममा माथिबाट खसेको माटोको ढिस्कोले पुरिएर ३ जना कामदार घाइते भएका थिए ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja