आँबुखैरेनी–पोखरा सडकखण्डले सकेन गति लिन



पोखरा

पृथ्वी राजमार्गअन्तर्गत आँबुखैरेनी–पोखरा सडकखण्ड विस्तारले अपेक्षाकृत गति लिन सकेको छैन ।

हालसम्म पूर्वी खण्डमा २९ प्रतिशत र पश्चिम खण्डमा ७.५ प्रतिशत मात्र भौतिक प्रगति भएको छ । तनहुँको आँबुखैरेनीदेखि म्याग्दे गाउँपालिकाको जामुने भञ्ज्याङसम्मको ४१ किलोमिटर सडकलाई पूर्वी खण्ड र जामुने भञ्ज्याङदेखि पोखरासम्मको ३९ किलोमिटर सडकलाई पश्चिम खण्ड भनेर विभाजन गरिएको छ ।

पूर्वी खण्ड सडक विस्तारका लागि २०७७ माघ १७ गते सम्झौता भई २०७८ वैशाख २ गतेदेखि काम सुरु भएको थियो । पश्चिम खण्डको काम भने पूर्वी खण्डको भन्दा ६ महिना ढिला सुरु भएको थियो । पूर्व खण्डको काम चाइना कम्युनिकेशन कम्पनी लिमिटेडले र पश्चिम खण्डको काम चीनकै यनहुई काइयुआन हाईवे एन्ड ब्रिज कम्पनीले पाएका छन् । पूर्व र पश्चिम गरी जम्मा ८० किलोमिटर लामो सडक खण्ड विस्तारका लागि एसियाली विकास बैंकले ऋण सहयोग गरेको छ । यी दुवै खण्ड विस्तारको काम तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्य छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja