तनहुँमा पहिरोले पुरिएर एकको मृत्यु, २ जना घाइते



पोखरा

तनहुँको म्याग्दे गाउँपालिका–१ माथिल्लो गुणादीमा सोमबार साँझ पहिरोले पुरिएर एकको मृत्यु भएको छ । पहिरोमा पुरिएर अन्य २ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा जिल्ला झापा शिवशताक्षी नगरपालिका–७ का ३३ वर्षीय भीम भुजेल रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । साँझ ४ बजेदेखि परेको वर्षाका कारण काम गरिरहेका मजदुर घाइते भएको प्रहरीले जनाएको छ ।

मुग्लिन–पोखरा सडक योजनाअन्तर्गत सडक छेउमा पर्खाल लगाउने क्रममा ढिस्को खसेर ३ जना घाइते भएका जिल्ला प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले बताए । उनले भने, ‘उनीहरूलाई तत्कालै उद्धार गरी उपचारका लागि पठाइएकोमा एक जनाको उपचारका क्रममा मृत्यु भएको छ ।’ यस्तै, शिवशताक्षी–७ कै ४५ वर्षीय कृष्ण लिङ्देनको रत्नहरि अस्पताल दमौलीमा उपचार भइरहेको छ भने उदयपुरको कटारी नगरपालिका–७ का ४० वर्षीय बलबहादुर राईलाई दमौली अस्पतालमा प्रारम्भिक उपचारपश्चात थप उपचारका लागि पोखरा रिफर गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja