जिप्रका गोरखाद्वारा क्यान्सरपीडित महिलालाई अस्पतालमै पुगेर नागरिकता वितरण



 

पोखरा

जिल्ला प्रशासन कार्यालय गोरखाले क्यान्सरपीडित महिलालाई अस्पतालमै पुगेर नागरिकता वितरण गरेको छ ।

स्तन क्यान्सर भई टिचिङ अस्पताल काठमाडौंमा उपचाररत पालुङटार नगरपालिका ७ च्याङलीकी ३० वर्षीया रविना माया दरैलाई अस्पतालमै पुगेर नागरिकता उपलब्ध गराइएको सहायक प्रमुख जिल्ला अधिकारी पुष्कर रानाले बताए ।

नागरिकता नहुँदा दरै विपन्न नागरिक औषधि उपचार कोष निर्देशिका, २०७५ का आधारमा प्राप्त हुने अवसर तथा आर्थिक सहायताबाट वञ्चित थिइन् । प्रशासन कार्यालय आएर नागरिकता लिन असहज अवस्था देखेपछि श्रीमान्‌को सनाखतलगायत प्रक्रिया पूरा गरेर शनिबार प्रशासनको टोली नागरिकता उपलब्ध गराउन दरै उपचाररत अस्पताल पुगेको थियो । ‘अस्पतालको आईसीयू कक्षमा उपचाररत हुनुहुँदो रहेछ,’ रानाले भने, ‘बिदाको दिन अस्पताल नै पुगेर नागरिकता प्रदान गरेका हौं ।’

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja