अन्तर विद्यालय क्रिकेटमा छात्रतर्फ त्रिभुवन र छात्रातर्फ बाराहीलाई उपाधी



 

पोखरा

पोखरामा जारी ब्रेकिङ बाउण्ड्रिज कास्की जिल्ला स्तरिय अन्तर सामुदायिक छात्र–छात्रा टी–२० क्रिकेट प्रतियोगितामा छात्रतर्फ त्रिभुवन मावि र जनप्रिय मावि तथा छात्रातर्फ सिद्ध मावि र बाहारी मावि फाइनलमा प्रवेश गरेका छन् । पोखरा रंगशालामा आइतबार भएको सेमिफाइलन खेलमा जित हाँसिल गर्दै यि विद्यालयहरुले फाइनलमा स्थान बनाएका हुन् ।

पोखरा क्रिकेट एकेडेमिको आयोजना तथा युकेको मेरलिबोन क्रिकेट फाउण्डेशन र किडासाको सहयोगमा जारी प्रतियोगिता अन्तर्गत छात्रतर्फ त्रिभुवन माविले सिद्ध माविलाई १० विकेटले पराजित गर्दै फाइनलमा प्रवेश ग¥यो । पहिला व्याटिङ गरेको सिद्धले सम्पूणर्् विकेट गुमाएर २७ रन मात्रै बनाउन सक्यो । सिद्धका सविन परियारले १० रन जोेडे । प्रत्युत्तरमा त्रिभुवन माविले ३.१ ओभरमा कुनैपनि विकेट नगुमाई विजयी लक्ष्य पार ग¥यो । त्रिभुवनका करण यादवले १८ रन बनाए । त्रिभुवनका बलर करण यादव र कुनाल यादव दुवैले समान ३÷३ विकेट लिए ।

छात्रतर्फको अर्को सेमिफाइनलमा अंकको आधारमा जनप्रिय मावि फाइनल पुग्यो । जनप्रियले ३ खेलमा ३ मै जित निकाल्दै ९ अंक जोडेको थियो । सेमिफाइनल खेलेको अम्मरसिंहले ३ खेलमा २ जित, १ हार सहित ६ अंक मात्रै बनाउन सक्यो । छात्रातर्फ सिद्ध माविले त्रिभुवन माविलाई ७५ रनले पराजित ग¥यो । पहिला व्याटिङ गरेको सिद्धले २० ओभरमा ३ विकेटको क्षतिमा १ सय ४२ रन बनाएको थियो । सिद्धको व्याटिङमा एलिना श्रेष्ठले ३० रन हानिन् । प्रत्युत्तरमा त्रिभुवनले पुरा २० ओभर खेलेर ७ विकेटको क्षतिमा ६७ रन मात्रै बनाउन सक्यो । बाराही मावि पनि अंकको आधारमा फाइनलमा प्रवेश ग¥यो । बाराहीले ३ मध्ये ३ खेलमै जित निकालेको थियो भने अम्मरसिंहले २ खेलमा जित हाँसिल ग¥यो । प्रतियोगिताको फाइनल खेल सोमबार पोखरा रंगशालामा हुने प्रतियोगिता संयोजक बबिन कुँवरले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja