मनाङका नागरिकको मुटु परीक्षण



पोखरा

हिमाली जिल्ला मनाङका नागरिकको मुटु परीक्षण गरिएको छ ।

माथिल्लो मनाङको मनाङ ङिस्याङ गाउँपालिका-४, हुम्डेमा मुटु परीक्षण शिविर गरिएको हो ।सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रले कर्मा एण्ड कुन्चो फाउन्डेशनसँग मिलेर आइतबार मुटु परीक्षण शिविर आयोजना गरेको हो ।

मुटु परीक्षणमा गंगालाल राष्ट्रिय हृदय केन्द्रका डाक्टरसहित १२ जना स्वास्थ्यकर्मीले सेवा दिएका मुख्य स्थानीय आयोजक कर्मा एण्ड कुन्चो फाउन्डेशनका सदस्य सोनाम गुरुङले बताए । उनका अनुसार आफ्नो स्वर्गीय बुवा कर्म गुरुङ र जीवित आमा कुन्चो गुरुङको स्मृतिमा सन् २०२१ मा स्थापना गरिएको फाउन्डेशनले गत वर्ष काठमाडौंमा पहिलोपटक मुटु परीक्षण गरेको हो । यस वर्ष आफ्नै जिल्ला मनाङमा मुटु परीक्षण शिविर सञ्चालन गरिएको उनले बताए । फाउन्डेशनका सदस्यहरु उनका दाइ सुनिल गुरुङ र बहिनी ममता गुरुङ पनि शिविरमा आएर सेवा दिएका थिए ।

मनाङ ङिस्याङ गाउँपालिकाको अस्थायी कोभिड अस्पतालमा गरिएको परीक्षणमा मनाङ ङिस्याङ गाउँपालिकासहितका २ सय ४८ जना नागरिकले सेवा लिएको अस्पतालका डा. सुमन खनालले बताए । उनका अनुसार ३ जनाको मुटुमा समस्या देखिएकाले उनीहरुलाई काठमाडौं बोलाइएको र सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रले निःशुल्क उपचार गराइदिने भएको उनले बताए ।परीक्षणमा संलग्न सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रका डा. रीजु मानन्धरले गाउँले नागरिकको सेवा गर्न पाउँदा खुसी भएको बताए । मनाङ ङिस्याङ गाउँपालिका अध्यक्ष कान्छा घलेले गाउँपालिकाको समन्वयमा गरिएको शिविरले राजधानीबाट धेरै टाढाका नागरिकले घरआँगनमै सेवा पाएको बताए । ‘यहाँका नागरिक काठमाडौं जान र आउन धेरै खर्च लाग्छ । डाक्टरहरु नै यहाँ आएपछि हामी खुसी छौं,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja