उपकुलपति मार्फत किरणले दिए मप विश्वविद्यालय स्थापना दिवसको शुभकामना



 

पोखरा
राप्रपा युवा नेता रवि किरण हमालले मध्यपश्चिम विश्वविद्यालयलाई स्थापना दिवसको शुभकामना दिएका छन् । उपकुलपति प्रा.डा नन्द बहादुर सिंहलाई टेलिफोन गरेर विश्वविद्यालय परिवारलाई शुभकामना दिएका छन् ।
१३ औं स्थापना दिवसको अवसरमा किरणले विश्वविद्यालयको बृहत् हितको लागि सदैव अग्रसर हुने बताएका छन् । जिल्ला विकास समिति सुर्खेतको नेतृत्वमा २०५२ सालमा मध्यपश्चिम विश्वविद्यालय स्थापनाको औपचारिक यात्रा सुरु भएको हो । सोही वर्ष दाङमा भएको जिल्ला विकास समिति महासंघ नेपालले सुर्खेतमा विश्वविद्यालय स्थापना गर्ने ऐतिहासिक निर्णय गरेको थियो ।
बि.स २०६७ असार ३ गते मध्यपश्चिमाञ्चल विश्वविद्यालयको ऐन जारी भएको थियो । विश्वविद्यालयले उपकुलपति भर्ना भएको एक वर्षपछि २०६९ सालको हिउँद बाट सेमेस्टरमा आधारित कार्यक्रम सुरु गरेको हो ।
मध्यपश्चिम विश्वविद्यालयमा हाल   शिक्षा,कानुन,व्यवस्थापन,बिज्ञान तथा प्रविधि,मानविकी तथा समाजशास्त्र र इन्जिनियरिङ गरेर ६ वटा संकायमा पठनपाठन भैरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja