बागलुङमा लम्पी स्किन रोगबाट १ हजार गाई बिरामी



पोखरा

लम्पी स्किन रोगबाट बागलुङका १ हजार गाई संक्रमणमा परेका छन् ।

एक महिनादेखि देखिएको यो रोगबाट ३२ गाई मरेका छन् । शरीरमा गिर्खा आउने, पाक्ने, रगत र पिप जम्ने तथा १ सय ४ डिग्री भन्दा बढी ज्वरो आउने लक्षणले गाईभैंसीमा प्रकोप बढेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख ऋषिराम सापकोटाले जानकारी दिए । विशेषगरी व्यवसायिक फर्म संचालन गरेका र उन्नत जातको गाईफर्म संचालन गरिएको स्थानमा यो संक्रमण बढी देखिएको छ । पहिलो पटक बडिगाड गाउँपालिकामा संक्रमण देखिएपछि क्रमशः अन्यत्र फैलिएको हो ।

काठेखोला गाउँपालिका बाहेकका सबै स्थानीय तहमा संक्रमण फैलिएको छ । ‘भाइरसबाट सर्ने यो रोग बिफर जस्तै हो’ सापकोटाले भने, ‘किर्ना, भुसुना र लामखुट्टेबाट पशुहरुमा यो संक्रमण बढ्ने गरेको छ ।’ छिटफुट रुपमा पशुको र्‍याल र सिँगानबाट पनि सरेको उनले बताए । यो रोग लागेका पशुमा सबैभन्दा बढी दूध सुक्ने समस्या छ । संक्रमण हुने बित्तिकै गाईले ८० प्रतिशत दूध सुकाउने गरेको पशु प्राविधिक केशव पौडेलले जानकारी दिए । ‘डेढ लाख रुपैयाँसम्म खर्चेर किनेको गाईले दूध सुकाउँदा किसानलाई ठूलो मार परेको छ’ उनले भने, ‘उपचारबाट निको भएपनि बाँझोपन हुने खतरा समेत छ ।’ स्थानीय जातको गाईमा समेत संक्रमण देखिएपनि उन्नत गाई छिटो बिरामी परेका छन् ।

१ सय ४ डिग्री ज्वरो आउने बित्तिकै अधिकांस गाई ढल्ने गरेको उनले बताए । यो रोगको निश्चित औषधि नभएकोले लक्षणको आधारमा उपचार गराइएको सापकोटाले बताए । ज्वरोको लागि सिटामोल र भिटामिन खुवाउने तथा अन्य लक्षण हेरेर उपचार गर्ने काम भैरहेको हो । पशुका लागि खोप समेत आएपनि थोरै मात्र आएकोले त्यो लगाउने संभावना कम भएको हो । बागलुङमा १ लाख १० हजार दूध उत्पादनका लागि पालिएका गाई र भैंसी छन् । त्यस्तै ढोरपाटन, निसी र तमानमा एकलाख हाराहारी स्थानीय जातको गाईगोरु र भैसी पालिएको तथ्यांक छ । यसअघि अमेरिकन स्वाइन फ्लुले बागलुङका ४ सयबढी बंगुर मरिसकेका छन् । यो संक्रमक भएकोले एउटा खोरमा सरेपछि सबै मर्ने अबस्था आएको हो । ‘संक्रमणको दर उच्च भएकोले तत्काल बंगुर नथप्न भनेका छौं’ पौडेलले भने, ‘यो संक्रमण प्रवेश गरेपछि खोर नै रिक्तिन्छ ।’ यो संत्रमणले जिल्लामा बंगुर उत्पादन शून्यमा झर्ने उनले बताए । यो संक्रमणको उपचार नै नभएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja