प्रधानमन्त्री प्रचण्ड र पूर्वप्रधानमन्त्री भट्टराईबीच भेटवार्ता



पोखरा

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पूर्वप्रधानमन्त्री एवम् नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ । दुई नेताबीच भएको भेटवार्तामा मुलुकको पछिल्लो राजनीतिक अवस्थालगायत समसामयिक विषयमा छलफल भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको छलफलमा प्रधानमन्त्री प्रचण्डको हालै सम्पन्न भारत भ्रमण, सङ्घीय बजेट, सत्यनिरुपण तथा मेलमिलाप आयोगलगायतका शान्ति प्रक्रियाका बाँकी कार्यलगायतका विषयमा महत्वपूर्ण विचारविमर्श भएको अध्यक्ष भट्टराईले जानकारी दिए । सो अवसरमा प्रस्तावित समाजवादी मोर्चालगायतका विविध विषयमा कुराकानी भएको पूर्वप्रधानमन्त्री डा भट्टराईले जानकारी दिए ।

उनका अनुसार हालसम्म प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रलगायतका उपलब्धिको रक्षा गर्दै समाजलाई निरन्तर अग्रगमनको दिशामा लैजानका लागि बृहत् समाजवादी मोर्चा निर्माण गर्न विचार, नीति, कार्यक्रम, सङ्गठनात्मक विधि टुङ्गो लगाउने विषयमा सहमति भएको छ । सो विषयमा सम्भव सबै पक्षबीच गम्भीर छलफल गर्दै अघि बढ्ने समझदारीसमेत भएको जानकारी दिँदै उनले भने, “हामीबीच समझदारी भएको छ, बाहिर चलेका हल्लामा नबग्न सबैसँग आग्रह गर्दछु ।”

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja