तनहुँमा दुईवटा सिम चलाएको निहुँमा श्रीमतीको हत्या



पोखरा

श्रीमतीले दुईवटा सिम चलाएको निहुँमा हत्या गरेको आरोपमा श्रीमान् पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भानु नगरपालिका–५ मैबल हटिया घर भई हाल व्यास नगरपालिका–४ मा डेरा गरी बस्ने २१ वर्षीय मनोज विष्ट रहेको प्रहरीले जनाएको छ । तनहुँको व्यास नगरपालिका ४ स्थित चिहानडाँडामा कच्ची सडक हुँदै ओहोरदोहोर गर्नेले दुर्गन्ध आएको बताएपछि प्रहरीले खोजतलास गर्दा ह्युम पाइपमा प्लास्टिकको बोराभित्र श्रीमतीको शव फेला परेको थियो । हत्या गरेको अशंका गरी प्रहरीले तत्काल अनुसन्धान गरेको प्रहरी उपरीक्षक अवदेश विष्ट क्षेत्रीले बताए ।

तनहुँ प्रहरीले बुधबार पत्रकार सम्मेलन गरी उक्त घटनामा संलग्न रहेको अशंकमा पक्राउ परेका उनका श्रीमान्‌लाई सार्वजनिक गरेको छ । मृतक व्यास नगरपालिका–१२ लामीडाँडा माइती भएकी २२ वर्षीया रंगिला भुजेल रहेको प्रहरीले बताएको छ । रंगिलाका बुबा मनबहादुर भुजेलले मंगलबार तनहुँ प्रहरीमा रंगिलाको तस्बिरसहित हुलियाको निवेदन दिएका थिए । प्रहरी उपरीक्षक विष्टले भने, ‘२०८० जेठ २४ गतेदेखि छोरी सम्पर्कविहीन रहेको भनी मनबहादुरले हुलिया निवेदन दिएका थिए । त्यही दिनको साढे ११ बजे शव भेटिएपछि मनबहादुरले शवको पहिचान गरेका हुन् ।’

प्रहरीले रंगिलाका श्रीमान्‌लाई मंगलबार राति व्यास–३ स्थित तरकारी लाइनबाट पक्राउ गरेको हो । पक्राउ परेका मनोजविरुद्ध जिल्ला अदालत तनहुँबाट कर्तव्य ज्यान मुद्दा शीर्षकमा ५ दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको छ । मनोज र मृतक रंगिला समाजिक सञ्जालमार्फत भेट भई प्रेम सम्बन्धमा थिए । उनीहरूले २०८० वैशाख १ गते विवाह गरेका थिए । मृतक रंगिलाले दुईवटा सिम प्रयोग गर्ने गरेको र सोही कारण श्रीमान्‌-श्रीमतीबीच मनमुटाव हुने गरेको अनुसन्धानबाट खुलेको छ । मनोजले श्रीमतीलाई डेरामै हत्या गरेर बोरामा बोकेर चिहानडाँडा नजिकको नालाको कल्भर्टमा लगेर फालेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी उपरीक्षक विष्टले बताए ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja