अफगानिस्तानको कोइला खानीमा निसास्सिएर दुई जनाको मृत्यु



 

पोखरा

अफगानिस्तानको सामङ्गन प्रान्तमा निसास्सिएर दुई जना खानी मजदुरको मृत्यु भएको छ ।

घटनामा अरु ३५ जना बेहोस भएका छन् । सामङ्गन प्रान्तको दरा–ए–सुफ बाला जिल्लाको मेराक दाहाने कोइला खानीमा उक्त घटना भएको अफगान समाचार संस्था खामा प्रेसले जनाएको हो । उक्त कोइला खानी गैरव्यावसायिक भएको तालिबानका प्रशासनअन्तर्गतको दरा–ए–सुफ बालाका गभर्नर मोहम्मद नसिम खैबर सेकानले बताएका छन् ।

सुरक्षा उपाय नअपनाउँदा उक्त घटना भएको उनले बताएका छन् । बिरामी भएका सबैको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । यसअघि गत शनिबार पनि अफगानिस्तानको बाघलान प्रान्तको कोइला खानीमा निस्सासिएर एक जना मजदुरको मृत्यु भएको थियो । घटनामा अर्का एक जना बेहोस भएका थिए । ताला–ओ–बरफाक जिल्लामा रहेको कोइला खानीमा काम गर्ने क्रममा विषाक्त ग्यास चुहिँदा उक्त घटना भएको सुरक्षा अधिकारीहरूले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja