वानएक्सबेटसँग आबद्ध भएको आरोपमा ५ जना कलाकार र ३ युट्यबर पक्राउ



पोखरा

सट्टेबाजी कम्पनी वानएक्सबेटसँग आबद्ध भएको आरोपमा कलाकारद्वय “बल्छी धुर्वे” र “राजुमास्टर” लगायत आठजना पक्राउ परेका छन् ।

प्रहरीले काठमाडौंका विभिन्न स्थानबाट बल्छी धुर्वे भनिने मरिचमान श्रेष्ठ र राजु मास्टर भनिने राजु पौडेललगायत ८ जना पक्राउ परेका हुन् । पक्राउ पर्नेमा अन्यमा ‘म्याकुरी’ पवन खतिवडा, युट्युबर अलिश राई, युट्युबर जलन घर्तीमगर ‘जलन’, गणेश देवकोटा (जिडी) र सरोज घिमिरे (ढेडो बुढो) र भटभटे माइला भन्ने बेगम नेपाली रहेका छन् ।

उनीहरुलाई म्याद थपका लागि आजै अदालतमा उपस्थित गराइने प्रहरीले जनाएको छ । प्रहरीले हिजो वानएक्सबेटमार्फत ७४ करोड भन्दा बढीको कारोबार गरेका ५ जनालाई पक्राउ गरेको थियो । प्रहरीले घटना बारे थप अनुसन्धान गरिरहेको पनि जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja