महानगरले डोजर चलायाे फेवा सिमसार संरचनामा



 

पाेखरा 

फेवातालको सिमसार क्षेत्रमा अनधिकृत रुपमा बनिरहेको संरचनामाथि पोखरा महानगरपालिकाले डोजर चलाएको छ ।

व्यवसायी देवेन्द्र केसीले सिमसार पुरेर बनाएको संरचनामाथि महानगरले मंगलबार डोजर चलाएको हो । केसीले महानगरबाट कृषि प्रयोजनका लागि अनुमति लिएर धमाधम आवासीय संरचना खडा गरेका थिए । महानगरका अनुसार अनुमतिबेगर सिमसार क्षेत्रमा बनाएका सबै घडेरी संरचना भत्काउने तयारी गरेको हो ।

पोखरा महानगरले भू–उपयोग नीति ०७९ अनुसार जग्गा वर्गीकरण गर्दा फेवा सिमसार क्षेत्रको अधिकांश भाग आवासीय क्षेत्र तोकेको छ । महानगरले नै जग्गा वर्गीकरण गर्दा आवासीय बनाएकाले आफूले जग्गा सम्याएको निर्माण व्यवसायी बताउँछन् । पछिल्लो एक वर्षमा मात्रै सय रोपनीभन्दा बढी सिमसार प्लटिङ गरेर घडेरी बनाइएको छ । सिमसार पुर्ने काम अत्याधिक भएपछि अधिवक्ता मनोज घर्तीमगरले उच्च अदालत पोखरामा रिट दाएर गरेका थिए । उच्च अदालतले फेवाको चार किल्ला सीमांकनभित्र आवास निषेधित क्षेत्र तोक्न र सिमसार पुर्ने काम रोक्न अन्तरिम आदेश जारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja