गाेरखा बस दुर्घटना हुँदा १२ जना घाइते



पोखरा

गाेरखा नगरपालिका-८ ढुङ्गागाढेमा बस दुर्घटना हुँदा १२ जना घाइते भएका छन् ।

चितवनकाे नारायणगढबाट गाेरखाकाे आरुघाटका लागि छुटेकाे ना ५ ख ७२११ नम्बरको बस आज बिहान ११ बजेतिर ढुङ्गागाढेमा दुर्घटना भएकाे हाे । दुर्घटनामा घाइते भएकामध्ये दुईजनाकाे अवस्था गम्भीर रहेकाे छ।

गम्भीर घाइते भएका गोरखा नगरपालिका-१४ का २७ वर्षका कमल पन्त र आरुघाट गाउँपालिकाका ५५ वर्षका खड्गबहादुर घलेलाई चितवनको भरतपुर मेडिकल कजेलमा रेफर गरिएको गोरखा अस्पतालले जनाएको छ । अन्य घाइतेकाे भने गोरखा अस्पतालमै उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja